२०८३, कार्तिक १५ गते आइतबार

सङ्घीय सरकारको रु एघार करोड १९ लाख बजेटमा उदिपुर पहिरो रोकथाम गरिँदै

सङ्घीय सरकारको रु एघार करोड १९ लाख बजेटमा उदिपुर पहिरो रोकथाम गरिँदै


  • मेरोभ्यूज
  • श्रावण ३, २०८१ बिहीबार

  • सङ्घीय सरकारको रु एघार करोड १९ लाख बजेटमा उदिपुर पहिरो रोकथाम गरिँदै

    लमजुङ । सङ्घीय सरकारको रु एघार करोड १९ लाख बजेटमा उदिपुर देउरालीडाँडा पहिरो रोकथाम सुरु गरिएको छ ।

    डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरमा पहिरो रोकथामका लागि पर्खाल निर्माण सुरु गरिएको हो ।

    डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरलेले हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

    हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मस्र्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माण भइरहेको उनले बताए ।

    सूचना अधिकारी पोखरलेका अनुसार मस्र्याङ्दी नदीबाट सडकसम्म एक सय मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ ।

    अब तीन सय मिटर सडक कालोपत्र र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गर्ने काम बाँकी रहेको उनको भनाइ छ ।

    फेवा कन्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले उक्त योजना ठेक्का लिएको छ ।

    कार्यालयका अनुसार सो कम्पनीले विसं २०७९ चैत १० गते सम्झौता तथा चैत १७ गतेदेखि काम थालेको योजना आगामी पुस २९ गतेसम्ममा सम्पन्न गर्ने सम्झैता म्याद छ ।

    मौसमले साथ दिएमा निर्धारित समयमा काम सम्पन्न हुने बताइएको छ ।

    सो स्थानमा विसं २०७८ असार १ गते र विसं २०७९ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो । सडक बगाएपछि लामो समयसम्म वैकिल्पकरुपमा नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने ट्र्याक खोलेर सवारी सञ्चालन भएको थियो ।

    चालिस किलोमिटर लामो यस सडकको ठुलो पहिरोको रुपमा उदिपुर रहेको छ । यो सडक हुँदै बेँसीसहरबाट डुम्रे तनहुँ, काठमाडौँ, पोखरा, चितवन र बेँसीसहर साथै हिमाली जिल्ला मनाङ जाने यात्रुहरु यात्रा गर्ने गर्दछन् ।

    छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसहरसम्म ४२ किलोमिटरसम्म जोड्न १५ वर्ष लागेको थियो ।

    विसं २०४६ मा ट्र्याक खुलेसँगै विसं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो ।

    चार वर्षमा ४२ किलोमिटर सडक कालोपत्र भएको थियो । त्यसयता सडक स्तरोन्नति र मर्मत हुनुको सट्टा बर्सेनि जाने पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले हैरानी भोग्दै आएका थिए ।


    प्रकाशित : बिहीबार , श्रावण ३ २०८१११:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार