२०८३, कार्तिक १५ गते आइतबार

मनसुन प्रतिकार्यसँग सम्बन्धित विषयमा सतर्क रहन गृहमन्त्रीकाे निर्देशन

मनसुन प्रतिकार्यसँग सम्बन्धित विषयमा सतर्क रहन गृहमन्त्रीकाे निर्देशन


  • मेरोभ्यूज
  • श्रावण १, २०८१ मंगलबार

  • मनसुन प्रतिकार्यसँग सम्बन्धित विषयमा सतर्क रहन गृहमन्त्रीकाे निर्देशन

    काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले मनसुनजन्य जोखिम बढ्न सक्ने सम्भावना रहेकोले मनसुन प्रतिकार्यसँग सम्बन्धित विषयमा सतर्क  रहन निर्देशन दिएका छन् । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरिरहेका कामबारे मंगलबार जानकारी लिएपछि उनले मन्त्रालय र प्राधिकरणले विपद्सँग सम्बन्धित मन्त्रालय, निकाय, प्रदेश एवं स्थानीय तहबीच जीवन्त समन्वय गर्नुपर्ने धारणा राखे ।

    सीमित साधन स्रोतको अवस्थामा पनि प्राधिकरणले काम गरिरहेको आफूले महशुस गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले विपद्‍बाट नागरिकको जीवन जोगाउने कार्य मन्त्रालयको प्राथमिकतामा पर्ने बताए ।

    गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले यसपालिको मनुसनमा भारी वर्षाका कारण जोखिम देखिएका ठाउँहरुको जोखिम आँकलन गरी आवश्कयताअनुसार नागरिकलाई स्थानान्तरण गरिने जानकारी दिए ।

    गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख तथा मनसुन पूर्वतयारी एवं प्रतिकार्य कमाण्ड पोष्टका संयोजक सहसचिव डा भीष्मकुमार भुसालले मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जोखिमलाई लक्षित गरी पूर्वतयारी गरिएको बताए ।


    प्रकाशित : मंगलबार, श्रावण १ २०८१११:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार