२०८३, कार्तिक १५ गते आइतबार

लुम्बिनी प्रदेशबाट सुरु भएको युएसएड यात्रा कीर्तिपुरमा सम्पन्न

लुम्बिनी प्रदेशबाट सुरु भएको युएसएड यात्रा कीर्तिपुरमा सम्पन्न


  • मेरोभ्यूज
  • श्रावण १, २०८१ मंगलबार

  • लुम्बिनी प्रदेशबाट सुरु भएको युएसएड यात्रा कीर्तिपुरमा सम्पन्न

    काठमाडौं । लुम्बिनी प्रदेशबाट सुरु भएको युएसएड यात्रा काठमाडौँको कीर्तिपुरमा सम्पन्न भएको छ ।

    नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) को दुई साताअघि यात्रा सुरु गरेको थियो ।

    यही असार १९ गतेदेखि कपिलवस्तुको वाणगङ्गाबाट सुरु भएको यात्रा बुटवल, दाङको लमही, कोहलपुर, नेपालगञ्ज, काठमाडौँको भृकुटीमण्डप तथा ललितपुरको जावलाखेलमा सम्पन्न भएपछि कीर्तिपुरको पांगामा आयोजना गरिएको हो ।

    कीर्तिपुरको कार्यक्रममा राजनराज शिवाकोटी, रिमा विश्वकर्मा, माला वाइवालगायतका कलाकारको प्रस्तुतिका साथै विभिन्न खेल जस्तै ‘स्पिन द ह्विल’, हाजिरीजवाफलगायत मनोरञ्जनका कार्यक्रम आयोजना गरिएका थिए ।

    खेलमा सहभागिता जनाउने अधिकांश युवाहरु तथा सांगीतिक कार्यक्रममा सबै उमेर समूहका दर्शकहरु सहभागी थिए ।युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिन यात्रा सुरु गरिएको हो ।

    युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रमा राष्ट्रिय र स्थानीयस्तरका विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । यस्तो यात्रा भने पहिलो पटक गरेको हो ।

    संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झण्डै आठ दशकदेखि रहँदै आएको छ । युएसएडले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ ।

    अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

    युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रममार्फत दस लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पु¥यायो भने ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्षरूपमा लाभ लिएका थिए ।

    सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रमा रु एक खर्ब ९६ अर्ब नेपालीभन्दा बढीको सहयोग प्रदान गरेको छ ।


    प्रकाशित : मंगलबार, श्रावण १ २०८१०९:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार