२०८३, कार्तिक १५ गते आइतबार

वन कार्यालय बाँकेद्वारा किसानलाई निःशुल्क बिरुवा वितरण

वन कार्यालय बाँकेद्वारा किसानलाई निःशुल्क बिरुवा वितरण


  • मेरोभ्यूज
  • आषाढ ३०, २०८१ आइतबार

  • वन कार्यालय बाँकेद्वारा किसानलाई निःशुल्क बिरुवा वितरण

    बाँके  । डिभिजन वन कार्यालय बाँकेले जिल्लाका किसानलाई विभिन्न जातका बिरुवा निःशुल्क वितरण सुरु गरेको छ ।

    विगत वर्ष झैँ वन कार्यालयले किसानलाई कार्यालयको नर्सरीमा उत्पादन गरिएका बिरुवा वितरण सुरु गरेको डिभिजनल वन अधिकृत अजितकुमार कर्णले जानाकारी दिए ।

    डिभिजनल वन अधिकृत कर्णले नर्सरीमा एक वर्षीय ७९ हजार र बहुवर्षीय दुई लाख नौ हजार सात सय बिरुवा उत्पादन गरिएको जानकारी दिए ।

    डिभिजनल वन अधिकृत कर्णका अनुसार यस वर्ष वन कार्यालयको नर्सरीमा विभिन्न जातका दुई लाख ८८ हजार सात सय बिरुवा उत्पादन गरिएका छन् ।

    उनले भने, “किसानका लागि एक वर्षीय बिरुवा वितरण सुरु गरेका छौँ ।” उनका अनुसार एक वर्षीय बिरुवाअन्तर्गत नर्सरीमा अर्जुन, शितलचिनी, बेल, बर्रो, राजवृक्ष, पारिजात, सतिसाल, सागवन, बकाइनो, मसला, काभ्रो, खयर, सिसौ, जामुन र निम गरी दुई लाख नौ हजार सात सय बिरुवा छन् ।

    वन पैदावार आपूर्ति समितिअन्तर्गत दस लाख, जडीबुटी विकास कार्यक्रमअन्तर्गत (सङ्घ सशर्त अनुदान) छ लाख र कृषि वन तथा बृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत चार लाख गरेर कूल बीस लाखको लागतमा उक्त सङ्ख्यामा एक वर्षीय बिरुवा उत्पादन गरिएको सहायक वन अधिकृत नवराज शाहीले जानकारी दिए ।

    सहायक वन अधिकृत शाहीका अनुसार एक वर्षीय र बहुवर्षीय गरी डिभिजन वन कार्यालयसहित जिल्लाका अन्य छ वटा सवडिभिजन कार्यालयमा यसवर्ष पाँच लाख २९ हजार सात सय बिरुवा उत्पादन भएका छन् ।

     बाँकेको नरैनापुरस्थित सव-डिभिजनको नर्सरीमा ६० हजार, राप्ती सब-डिभिजनमा ५५ हजार, त्यसैगरी सिक्टा सब डिभिजनमा ३५ हजार बिरुवा उत्पादन गरिएको छ ।

    त्यसैगरी कोहलपुरमा २५ हजार, समशेरगन्जमा ४१ हजार र नेपालगञ्जमा २५ हजार बिरुवा उत्पादन गरिएको सहायक वन अधिकृत शाहीले बताए । उनले भने, “एक वर्षीय बिरुवा किसानले आफ्ना व्यक्तिगत जमिनमा लगेर रोप्न प्रयोग गर्ने र बहुवर्षीय बिरुवा सौन्दर्यवर्द्धक तथा ढिलो बढ्ने प्रजातिका भएकाले संस्थागतरूपमा वितरण कार्य सुरू गरिएको हो ।”


    प्रकाशित : आइतबार, आषाढ ३० २०८१११:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार