२०८३, कार्तिक १५ गते आइतबार

ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा पुनःनिर्माण

ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा पुनःनिर्माण


  • मेरोभ्यूज
  • आषाढ २८, २०८१ शुक्रबार

  • ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा पुनःनिर्माण

    ललितपुर । ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी)उत्खनन गरेको छ ।

    यस क्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्ने क्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुन निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ ।

    महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागतरुपमा सो धारा पुनःनिर्माण गरिएको हो ।

     उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिए ।

    ताम्राकार समाजका अध्यक्ष ताम्राकारका अनुसार हाल ललितपुर महानगरपालिका र समाजका सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी स्वचालितरुपमा सञ्चालित छ ।

     ललितपुर-४ का वडाध्यक्ष सन्तोष खड्काले ललितपुर-४ जावलाखेल मोसिख्योमा उद्यान निर्माण गर्ने क्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि उत्खनन गरेर पुनः निर्माण गरिएको बताए ।

    उनले भने, “उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकार समाजसँग सम्बन्धित भएकाले आउने दिनहरुमा समाजले नै धाराको संरक्षण गर्नेछ ।”

    महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनःनिर्माण गर्ने क्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका-४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताए ।

    उनले भने, “पुरानो सम्पदालाई संरक्षण गर्नु राम्रो हो । जरुँहिटी निर्माण गरेपछि बाटो हिँड्नलाई तिर्खाएकोबेला प्रशोधित शुद्ध पानी पिउन सहज भएको छ ।”


    प्रकाशित : शुक्रबार, आषाढ २८ २०८१११:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार