२०८३, कार्तिक १५ गते आइतबार

बढी मूल्य लिई नुन बेच्ने फार्मलाई तीन लाख जरिवाना

बढी मूल्य लिई नुन बेच्ने फार्मलाई तीन लाख जरिवाना


  • मेरोभ्यूज
  • आषाढ २६, २०८१ बुधबार

  • बढी मूल्य लिई नुन बेच्ने फार्मलाई तीन लाख जरिवाना

    काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री वितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्य वस्तु बिक्री गर्ने दुई फार्मलाई रु तीन÷तीन लाख जरिवाना गरेको छ । 

    काठमाडाँै महानगरपालिका वडा नं १३ सोल्टीमोडस्थित म्याक्रो मिनि मार्टले साल्ट ट्रेडिङ कर्पोरेशनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्री वितरण गरेको तथा ताहचलस्थित मेगा मार्ट प्रा.लिले उपभोग्य गरिसक्नुपर्ने अवधि व्यतित भइसकेको उपभोग्य वस्तुत बिक्री वितरण गरेको भेटिएको विभागले जनाएको छ ।  

    यसैबीच विभागले साल्ट ट्रेडिङले उत्पादन गरेको नुन तोकिएभन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्न सम्पूर्ण व्यवसायीमा अनुरोध गरेको छ । उपभोग्य वस्तु तोकिएभन्दा बढी मूल्यमा बिक्री गर्नु अनुचित व्यापारिक कार्य भएको र त्यस्ता कार्य गर्ने व्यवसायीलाई कडा कारबाही हुने विभागले स्पष्ट पारेको छ । 

    उपभोक्ता संरक्षण ऐन, २०७५ मा निर्धारित मूल्यभन्दा बढीमा उपभोग्य सामग्री बिक्री तथा म्याद नाघेका खाद्यवस्तु बिक्री गर्ने फर्ममाथि रु दुईदेखि तीन लाखसम्म जरिवाना हुने व्यवस्था रहेकातर्फ विभागले व्यवसायीको ध्यानाकर्षण गराएको छ । 


    प्रकाशित : बुधबार, आषाढ २६ २०८११०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार