२०८३, कार्तिक १५ गते आइतबार

शिल्पी थिएटरमा कुमारीको मनोभावमा आधारित नाटक  ‘अग्निच्क्षु’

शिल्पी थिएटरमा कुमारीको मनोभावमा आधारित नाटक  ‘अग्निच्क्षु’


  • मेरोभ्यूज
  • आषाढ ६, २०८१ बिहीबार

  • शिल्पी थिएटरमा कुमारीको मनोभावमा आधारित नाटक  ‘अग्निच्क्षु’

    काठमाडौं। कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि उनीहरु सामान्य जीवनमा फर्कन्छ । यिनै कुमारीको मनोभाव समेटिएको नाटक ‘अग्निच्क्षु’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि मञ्चन भइरहेको छ । नाटकको लेखन चन्द्रप्रसाद पाण्डेले गरेका हुन् भने निर्देशन एवं परिकल्पना झकेन विसीको रहेको छ ।

    बाल्यकालदेखि देविकैरुपमा पुजिँदै आएकी कुमारी किशोर अवस्थामा आएपछि सामान्य जीवत बिताउनुपर्दाको क्षण कस्तो हुन्छ होला ? कुमारीपछिको सङ्घर्षपूर्ण जीवन नाटकमार्फत प्रस्तुत गरिएको छ । नाटकमा कुमारी इतिहाससँगै उनीहरुले भोग्नुपरेको सामाजिक सङ्घर्ष उजागर गर्न खोजिएको छ । बाल्यकालदेखि किशोरी अवस्थामा आउँदा मनोवैज्ञानिकरुपमा के-कस्ता असर पर्छन् ? यिनै भावलाई कलाकारले अभियनमा उतारेको कलाकार सङ्गीता उराँवले बताए ।

    “एउटी युवतीले समाजमा थुप्रै भूमिका निर्वाह गर्नुपर्ने अवस्था यो नाटकका माध्यमबाट देखाउन खोजिएको छ”, उनले भने, “छोरीलाई देवी नै बनाए पनि विभिन्न हिंसाजन्य गतिविधिबाट पीडित हुँदै आएकी छन् । यसलाई चिर्न सङ्घर्ष गरिरहेको अवस्था पनि नाटकले देखाउन खोजेको अर्को महत्वपूर्ण पाटो हो ।”

    नाटकका लेखक चन्द्र पाण्डेले काठमाडौँमा बाहिरबाट आएका मान्छेले कुमारीको इतिहास र पृष्ठभूमिबारे खासै थाहा नपाएको बताए । संस्कार संस्कृति र इतिहास नाटकमार्फत देखाउने इच्छा गर्दै जाँदा उनले कुमारीबारेमा अध्ययन गरे । इतिहास खोतल्दा कुमारी एउटी शक्तिशाली, समर्पित र ऊर्जावान देवीको प्रतीक पाएको उनले बताए । यतिधेरै पौराणिक इतिहास बोकेको कुमारी संस्कृतिलाई नाटकमार्फत देखाउन उनले लेखन थालेको हो ।

    “कुमारी संस्कृति युवा पुस्तामा बुझ्न र बुझाउन जरुरी छ”, उनले भने, “यस विषयमा नाटक लेख्दै गर्दा आधुनिक युवतीले कुमारी सङ्केत गर्दै भाग्नु परेको वेदना पनि समेटेको छु ।”

    नाटकमा कलाकार मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धीरज थापामगर, शान्ता प्रजापति, राजेन्द्र डङ्गोल, एअरिका चौलागार्इं बालकलाकारले अभिनय गरेका छन् । अनुप तिमिल्सिनाले सङ्गीत परिकल्पना तथा संयोजन गरेको छ भने पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति, ब्रोसिन ब्रोज महर्जनले नाटकमा प्रत्यक्ष सङ्गीत दिएको छ ।

    नाटकको नेपथ्यमा झकेन विसी, मञ्च निर्माणमा निराजन डोटेल र हिमाल भुजेल, सञ्चार संयोजकमा किरण पराजुली, निर्माण नियन्त्रणमा सरस्वती न्यौपाने, पोस्टरमा राजन काफेले, कोरियोग्राफीमा जेडी तमु, वेषभूषामा अग्निचक्षु समूह, बजार व्यवस्थापनमा चक्रप्रसाद पोखरेल, प्रकाश परिचालन एवं मञ्च प्रबन्धमा हिमाल भुजेलले गरेको छ ।


    प्रकाशित : बिहीबार , आषाढ ६ २०८११०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार