२०८३, कार्तिक १५ गते आइतबार

चन्द्रागिरिमा कार रेस

चन्द्रागिरिमा कार रेस


  • मेरोभ्यूज
  • आषाढ ४, २०८१ मंगलबार

  • चन्द्रागिरिमा कार रेस

     काठमाडौँ । यसपटकको राष्ट्रिय कार रेस प्रतियोगिता नेशनल अटोक्रोस च्याम्पियनसिपको उपाधि आशिष भारतीले जितेको छ ।

    नेपाल मोटर स्पोर्टस् एण्ड रोड सेफ्टी फेडेरेसनद्वारा चन्द्रागिरिस्थित मदन भण्डारी स्पोर्टस् कम्प्लेक्समा आयोजित प्रतियोगितामा विप्लप श्रेष्ठ दोस्रो भएको थियो ।

    प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई भियतनाममा केही समयपछि हुने अन्तर्राष्ट्रिय मोटर रेस प्रतियोगितामा सहभागी गराइने जानकारी आयोजकहरूले दिएका छन् ।

    प्रतियोगितामा तीनजना महिलासहित २७ जना सहभागी थिए । प्रतियोगिताकै नोभिस श्रेणीतर्फको रेसमा लाक्पा सोनाम शेर्पाले प्रथम स्थान हासिल गरे भने राजकुमार कार्की दोस्रो भए ।

     प्रतियोगिताअन्तर्गत ललितपुर चन्द्रागिरि सम्पदा मोटर र्यालीमा भने विप्लप श्रेष्ठ र राजन गिरीको जोडी प्रथम, प्रवेश पौडेल र प्रज्ज्वल पौडेलको जोडी दोस्रो र आशिष भारती र गौरवराज मानन्धरको जोडी तेस्रो भएका थिए ।

     उक्त प्रतियोगितामा ललितपुर, काठमाडौँ र कीर्तिपुरका विभिन्न सम्पदा घुम्दै चन्द्रागिरि पुग्नुपर्ने थियो ।

     यसमा प्रत्येक कारमा चालक र नेभिगेटर गरी दुई व्यक्ति सहभागी हुने गर्छन् ।

    विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दैै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत खेल मात्र नभई कार रेसजस्तो पर्यटन प्रवर्द्धन गर्ने साहसिक खेलमा समेत नगरपालिकाले ध्यान दिन थालेको र आगामी दिनमा यस्ता प्रतियोगिता गर्न नगरपालिकाको तर्फबाट सहयोग रहने बताए ।

    देशमा साहसिक कार रेस प्रतियोगिताको विकास गर्ने र नेपाललाई यस खेलका विश्वस्तरीय स्पर्धाका लागि आकर्षक गन्तव्यका रूपमा प्रचार गर्ने उद्देश्यले प्रतितियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

    कार रेसिङ खेलको अन्तर्राष्ट्रिय संस्था फिआका नेपाल प्रतिनिधि गोविन्द भट्टराईले पर्यापर्यटनलाई समेत टेवा दिने भएकाले आगामी दिनमा यो खेल लोकप्रिय हुने प्रचुर सम्भाना रहेको बताए । प्रतियोगिता संयोजक एवं संस्थाका सचिव अनिल बरालले चन्द्रगिरिमा प्रतियोगिता आयोजना हुँदा देखिएको जनसमर्थनले देशमा एउटा रेस ट्रयाकको आवश्यकता टड्कारो देखिएको बताए ।


    प्रकाशित : मंगलबार, आषाढ ४ २०८१०९:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार