२०८३, कार्तिक १५ गते आइतबार

शृङ्गारका सामग्री बनाउन सिक्दै महिला

शृङ्गारका सामग्री बनाउन सिक्दै महिला


  • मेरोभ्यूज
  • आषाढ २, २०८१ आइतबार

  • शृङ्गारका सामग्री बनाउन सिक्दै महिला

    भरतपुर । भरतपुर महानगरपालिका-२३ का महिलालाई विवाहलगायतका उत्सवका सामग्री लिन र सिङ्गारिन नारायणगढ पुग्नुपर्ने बाध्यता थियो । अब भने त्यो बाध्यताको अन्त्य भएको छ । उनीहरु आफैँ शृङ्गारका सामान बनाउन सक्षम भएका छन् । वडा कार्यालयले उनीहरुका लागि एक महिनाको तालिम प्रदान गरेपछि विवाहमा दुलहा र दुलहीका लागि चाहिने सबै सामग्री आफैँ तयार गर्न सक्ने भएका हुन् ।

    भरतपुर-२३ जगतपुरकी जुना बुर्लाकोटीले बिहेका लागि आवश्यक सबै शृङ्गारका सामग्री आफैँ तयार गर्न सक्ने भएको बताए ।

    “शृङ्गारका सामग्रीमा ठूलो रकम खर्च हुन्छ । शृङ्गार गर्दा त थुप्रै पैसा लिन्छन्”, उनिले भनिन “यति जानेपछि आफ्नो बिहेमा बजार जानुपर्दैन ।” सोही वडा घैलाघारीकी अप्सरा तामाङ श्रेष्ठले तालिमले बेरोजगार महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुगेको बताए ।

    “हामीले घुम्टो, क्राउन, बेल्ट, ब्याग (झोला), माला, चुरा, चप्पल, जुत्तालगायतका सामग्री बनाउन २५ दिनमा सिकेका छौँ”, उनिले भनिन, “अब विवाह भयो भने महिला दिदीबहिनी बजार जान पर्दैन सबै सामग्री उत्पादन गर्न सक्छौँ ।”

    वडा कार्यालयले भूमिका टेक्निकल सर्भिस प्रालिको प्राविधिक सहयोगमा उनीहरुलाई तालिम प्रदान गरेको हो ।

    बिहेमा दुलहा र दुलहीलाई आवश्यक पर्ने शिरदेखि पाउसम्मका सामग्री बनाउन सिकाएको प्रशिक्षक प्रतिज्ञा पौडेलले जानकारी दिए ।

    भरतपुर-२३ का ३६ जना महिलाले तालिम लिएका छन् । तालिमबाट महिलालाई उद्यमशील बनाउने प्रयत्न गरिएको वडाध्यक्ष दीपक दवाडीले बताए । “महिलाहरु शृङ्गारसँग जोडिएका धेरै वस्तु प्रयोग गर्न सक्छन् ।

    बेहुली सिङ्गारेको मात्रै २५ हजार रुपैयाँसम्म लिएको पाइन्छ,” उनिले भनिन, “त्यो पैसा वडामै राखौँ भन्ने उद्देश्यले गाउँमा उद्यमशिलता तालिम प्रदान गरेका हौँ ।”

    वडाका युवायुवतीलाई लक्षित गर्दै वडाले सेनिटरी प्याड बनाउने तालिम, च्याउखेती, केराका थम्बाबाट रेसा निकालेर हस्तकलाका सामग्री बनाउनेलगायतका तालिम प्रदान गर्दै आएको वडाध्यक्ष दवाडीले जानकारी दिए ।

    “हामीले रु २१ लाख बजेट सीपमूलक तालिमका लागि छुट्याएका थियौँ । प्रत्येक टोलमा विभिन्न तालिम प्रदान गरेका छौँ”, उनले भने, “प्रत्येक टोलका दुई-दुईजनालाई समेटेर तीन लाखमा शृङ्गारसम्बन्धी हस्तकला सामग्री बनाउने तालिम प्रदान गरेका हौँ ।”


    प्रकाशित : आइतबार, आषाढ २ २०८१११:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार