२०८३, कार्तिक १५ गते आइतबार

संसद् पुगेका सिन्धुका विद्यार्थीको प्रतिक्रिया 'तोकेको समय मै कुरा सक्नु पर्ने रहेछ' 

संसद् पुगेका सिन्धुका विद्यार्थीको प्रतिक्रिया 'तोकेको समय मै कुरा सक्नु पर्ने रहेछ' 


  • मेरोभ्यूज
  • जेठ २२, २०८१ मंगलबार

  • संसद्  पुगेका सिन्धुका विद्यार्थीको प्रतिक्रिया 'तोकेको समय मै कुरा सक्नु पर्ने रहेछ' 

    काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा वैठकको प्रत्यक्ष अवलोकन गर्न आएका सिन्धुपाल्चोकका विद्यार्थीले समय मै कुरा नसके बोल्न नपाइने कुराले छोएको प्रतिक्रिया दिएका छन् ।

    'सयममा निकै कडाई हुँदो रहेछ' जाल्पा माविका विद्यार्थीद्वय मनिस नेपाल र प्रसंसा भुजेलले सुनाए ' दिएको समयमा आफ्नो कुरा नराखे त सभामुखले माइकै बन्द गर्दिने हुँदै रैछ ।' 

    अर्का विद्यार्थी सुप्रीम तिमल्सिनाले सांसद सापकोटाले विद्यालयमा संसदबारे कक्षा लिएको स्मरण गर्दै आफैंले देख्दा खुसी लागेको बताए । 

    लक्ष्मीदेवी माविका प्रधानाध्यापक हिरालाल न्यौपानेले संसद बारे कक्षामा पढाउने गरेपनि अवलोकन गर्न पाउँदा बास्तविकता थाहा पाएको बताए । 'हाम्रो क्षेत्रका सांसदले समय निकाले सहजीकरण गरिदिनु भयो' उनले भने ।

    जाल्पादेवीका प्रधानाध्यापक कृष्ण पराजुलीले आफ्नालागि संसदको प्रत्यक्ष अवलोकन ऐतिहासिक भएको प्रतिक्रिया दिए ।

    1717519883809.jpg

    'प्रत्यक्ष अवलोकन गर्न ठूलो अवसर बन्यो' उनले भने । बलेफी गाउँपालिका २ का जनप्रतिनिधि यमबहादुर पौडेलले समाचारमा हेरेको ठाउँमा आफैं आउन पाउँदाको खुसी साटे ।

    सिन्धुपाल्चोक क्षेत्र नं १ का श्री जालपादेवी माध्यमिक  विद्यालय बिन्जेल र श्री लक्ष्मीदेवी माध्यमिक विद्यालय कल्लेरीका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति परिवार,  अभिभावक, स्थानीय जनप्रतिनिधीसहित ८७ जनाले मंगलबार संघीय संसद प्रतिनिधि सभाको प्रत्यक्ष अवलोकन गरे ।

    सांसद माधव सापकोटा 'सुबोध' को समन्वयमा विहानै सिन्धुपाल्चोकबाट संसद भवन आइपुगेका उनीहरुले अवलोकनसँगै सभामुख र क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद सापकोटासँग फोटो खिचाए । नबुझेका विषयमा जानकारी लिए ।

    सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य सापकोटाले मंगलबारको सुन्य समयमा आफू निर्वाचित भएपछि  विद्यालयमा सांसद, संसदमा विद्यार्थी कार्यक्रम थालनी गरेको जानकारी गराएको थिए ।

    उनले संसद अवलोकन गर्न आएका सबैलाई स्वागत गरे । उनले उपल्लो तहमा नीति निर्माणका लागि हुने बहसले युवाहरुले सिक्ने विश्वास व्यक्त गरे ।

    IMG_20240604_224208.jpg

    संसद बैठक सञ्चालन नभएको अवस्थामा निर्वाचन क्षेत्रका विद्यालयमा पुगेर संसद, संसदीय प्रक्रिया, सांसदको भूमिकालगायतका विषयमा छलफल गर्ने गरेका उनले विद्यालयका विद्यार्थीलाई संसद अवलोकन गराउन सहजिकरण गर्ने गरेको सुनाए ।

    आफ्नो कार्यकालभरी यो कार्य जारी राख्ने बताएका उनले यसलाई 'विद्यालयमा सांसद, संसदमा विद्यार्थी' नाम दिएका छन् ।


    प्रकाशित : मंगलबार, जेठ २२ २०८११०:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार