२०८३, कार्तिक १५ गते आइतबार

मिडियालाई आतंकित बनाउन सिरोहियामाथि हमला : सांसद भण्डारी

मिडियालाई आतंकित बनाउन सिरोहियामाथि हमला : सांसद भण्डारी


  • मेरोभ्यूज
  • जेठ ९, २०८१ बुधबार

  • मिडियालाई आतंकित बनाउन सिरोहियामाथि हमला : सांसद भण्डारी
    फाइल फाेटाे/मेराेभ्यूज

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सांसद शरत्‌सिंह भण्डारीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले प्रकाउ गरेकोमा खेद प्रकट गरेका छन् ।

    बुधबार एक विज्ञप्ति जारी गर्दै भण्डारीले सरकारको यस्तो व्यवहारले मिडिया क्षेत्रलाई आतंकित पार्दै अंकुश लगाउन खोजेको देखिने उल्लेख गरेका छन् ।

    ‘नेपालको पत्रकारिता क्षेत्रमा विगत तीन दशकदेखि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका मिडिया ग्रुपको अध्यक्ष एवं जनकपुरको उद्योग एवं वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको सिरोहिया परिवारप्रति पूर्वाग्रही मानसिकता राखेर गरिएको यस्तो व्यवहारले राज्य मिडिया क्षेत्रलाई आतंकित पार्दै अंकुश लगाउन खोजेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो हाम्रो चिन्ता एवं चासोको विषय हो ।’

    राज्यको यस प्रकारको क्रियाकलापलाई जोडदार रुपमा भर्त्सना गर्ने भण्डारीले विज्ञप्तिमा जनाएका छन् ।

    Sharadsing Bhandari.jpg


    प्रकाशित : बुधबार, जेठ ९ २०८१०९:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार