काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राखेकाे विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत खसेको हो ।
मतविभाजनको परिणाम सुनाउँदै सभामुख देवराज घिमिरेले उक्त प्रस्तावको विपक्षीमा शून्य मत तथा मत दिन्न भन्नेमा जम्मा एक मत परेको जानकारी दिए । मत विभाजन प्रक्रियामा कुल एक सय ५८ सांसद् सहभागी भएका थिए ।