२०८३, कार्तिक १५ गते आइतबार

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल


  • मेरोभ्यूज
  • जेठ २, २०८१ बुधबार

  • निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

    काठमाडौँ । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच निर्वाचन प्रणाली सुधार गर्ने विषयमा छलफल भएको छ ।

    निर्वाचन आयोगमा भएको भेटमा सभापति खतिवडाले बहुमतसहितको स्थिर सरकार दिन नसक्ने निर्वाचन प्रणाली आवश्यक नरहेको बताए ।

    आयोगस्थित प्रमुख आयुक्तको कार्यकक्षमा भएको छलफलमा सभापति खतिवडाले निर्वाचन प्रणालीमै संशोधन जरुरी रहेकाले सबैले आ-आफ्नो तहबाट लाग्नु पर्नेमा जोड दिए । अहिलेको निर्वाचन प्रणाली साह्रै महँगो भएको र यसलाई न्यूनीकरण गर्न समयमै ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

     “अहिलेको प्रणालीले कुनै निकास दिने नदेखिएकाले संविधान संशोधन गरेर भए पनि परिमार्जन गर्न जरुरी भइसकेको छ,” सभापति खतिवडाले भने,  “प्रतिनिधिसभालाई पूर्ण प्रत्यक्ष निर्वाचित बनाऔँ, त्यसमै आरक्षण सिट तोकौँ । राष्ट्रियसभालाई पूर्ण समानुपातिक गरौँ ।”

    एकपटक समानुपातिक सांसद भइसकेपछि अर्को पटक सोही पद्धतिबाट हुन नपाउने व्यवस्था गर्नसमेत सभापति खतिवडाले प्रस्ताव गरे । सभापति खतिवडाले आगामी निर्वाचन कानूनमा आफू कार्यरत रहेकै ठाउँबाट मत हाल्न पाउनेगरी मतदानको व्यवस्था गर्न तथा ज्येष्ठ नागरिक र अपाङ्गलाई घरमै मतदानको व्यवस्था मिलाउन अनुरोध गरे ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणाली फेर्ने विषयमा दलहरूकै तदारूकता महत्वपूर्ण हुने बताउँदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागितामूलक बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदामा प्रस्ताव गरिएको जानकारी दिए ।

    निर्वाचन महँगो हुनुमा दलहरुकै कार्यशैली जिम्मेवार रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले दलहरु स्वयम् संवेदनशील बन्नुपर्ने बताए ।


    प्रकाशित : बुधबार, जेठ २ २०८११०:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार