२०८३, कार्तिक १५ गते आइतबार

विश्वका नेताले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभरबाट गरिबी हट्छ : विप्लव सी

विश्वका नेताले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभरबाट गरिबी हट्छ : विप्लव सी


  • मेरोभ्यूज
  • बैशाख २९, २०८१ शनिबार

  • विश्वका नेताले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभरबाट गरिबी हट्छ : विप्लव सी
    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विश्वका नेताहरुले अर्थतन्त्रको बारेमा सोचेको खण्डमा विश्वभरबाट गरिबी अन्त्य हुने जिकिर गरेका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला समितिले आयोजना गरेका ‘एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरक्रियामा उनले विश्वमा पुँजीवाद अर्थसास्त्रीहरुको सुझावका आधारमा टिकेकाले अर्थतन्त्रमा संकट आएको जिकिर गरे ।
     
    ‘अमेरिका, बेलायत, युरोपमा पुँजीवाद अर्थसास्त्रीहरुको सुझावका आधारमा टिकेको छ’, विप्लवले भने, ‘पुँजीवादले सामाजवादका केही लोकप्रिय कार्यक्रम लागू गरेर आजसम्म टिकेको छ । यसले जनताका समस्याहरुलाई समाधान गर्न सकेको छैन ।’

    पुँजीवादले समाजवादबाट चोरेर सामाजिक सुरक्षाका कार्यक्रमहरु चलाएको भएपनि वर्गीय सन्तुलन नमिलेको ठोकुवा गरे । ‘केही समाजिक सुरक्षा कार्यक्रमहरु युरोप अमेरिकी देशहरुमा लागू भएका छन् । तर यसले केही व्यक्तिहरुमा भइरहेको पैँसाको केन्द्रीकरण रोकिएको छैन’, उनले भने, ‘विश्वका नेताहरुले, खासगरी अमेरिका, युरोप लगायतका देशका नेताहरुले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभरबाट गरिबी हट्छ ।’

    राज्य, संस्था र व्यक्तिलाई एकीकृत गर्दौ स्वामित्व निर्माण गर्नुपर्ने बताउँदै विप्लवले माक्र्सवादले भनेको सामूहिक स्वामित्वले मात्र समस्याको समाधान नहुने ठोकुवा गरे । ‘पुँजीवाद निकै संकटमा छन् । अमेरिका निकै ठूलो आर्थिक संकटमा छ’, विप्लवले भने, ‘रसियामा समाजवाद पनि टिकेन नी । त्यहाँ पनि सामुहिक स्वामित्वले काम गरेन । समाजवादमा निजी क्षमताहरूको प्रयोग पनि आवस्यक हुन्छ, सामूहिक स्वामित्व पनि चाहिन्छ ।’

    नेकपाका पोलिटब्युरो सदस्य माइला सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोलिटब्युरो सदस्य सन्देश सीले अवधारणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सर्वसाधारण, व्यापारी, बुद्धिजिविबाट १२ विघा भन्दा धेरै जमिन बन्दकी राख्ख्न मिल्ने बराबरको सहयोग उठेको थियो । 


    प्रकाशित : शनिबार, बैशाख २९ २०८१०९:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार