२०८३, कार्तिक १५ गते आइतबार

भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन

भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन


  • मेरोभ्यूज
  • बैशाख १९, २०८१ बुधबार

  • भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा  चन्द्रागिरि नगरपालिका अवलोकन

    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका नियन्त्रक तथा महालेखापरीक्षक गिरिसचन्द्र मुर्मले नेतृत्व गरेको उच्च प्रतिनिधिमण्डलले बुधबार चन्द्रागिरि नगरपालिकाको अवलोकन गरेको छ । सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नियन्त्रक तथा महालेखापरीक्षक मुर्मलाई नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा जानकारी गराएका थिए । 

    साे क्रममा प्रमुख गिरीले सार्वजनिक सेवालाई चुस्त बनाउन नगरपालिकाले उच्च प्राथमिकता दिएकाे बताए । “नगरवासीको सहभागिता र सहकार्यमा भौतिक पूर्वाधारको काम, सामाजिक विकास, स्वास्थ्य बीमा, सबैका लागि शिक्षामा उच्च प्राथमिता दिएको छु”, उनले भने । 

    सुशासन, आर्थिक पारदर्शीता, कोष तथा लेखा नियन्त्रण तथा लेखा परीक्षणका क्षेत्रमा चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको नीति उत्कृष्ट रहेको जनाउँदै भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मको उच्च प्रतिनिधिमण्डलले चन्द्रागिरि नगरपालिकालाई अवलोकनका लागि छनोट गरी सोबारेमा जानकारी लिएको बताए । 

    सो अवसरमा महालेखापरीक्षक तोयम राया, उपमहालेखा परीक्षक वामदेव शर्मा अधिकारी, विन्दु विष्ट, पद्मराज पौडेल र बैकुण्ठबहादुर अधिकारीको सहभागिता थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हेमराज अर्यालले नगरको भौतिक पूर्वाधारसहित सामाजिक विकासका क्षेत्रमा सम्पादन गरिरहेका कामका बारेमा जानकारी दिएका थिए । 

    सो अवसरमा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरु घनश्याम लुइँटेल, नरेन्द्रराज श्रेष्ठ, प्रह्लाद रिजाल, सञ्जय सिग्देल, राजेन्द्र महर्जनसहित नगरका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता थियो । भारतको सो प्रतिनिधिमण्डलमा नियन्त्रक तथा महालेखापरीक्षक मुर्मसहित निर्देशक रिना अकोइजम, डा गौरवकुमार र करन बोहराले सहभागिता जनाएका थिए ।


    प्रकाशित : बुधबार, बैशाख १९ २०८१११:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार