२०८३, कार्तिक १५ गते आइतबार

निशानदेवी मन्दिर

निशानदेवी मन्दिर


  • मेरोभ्यूज
  • बैशाख ७, २०८१ शुक्रबार

  • निशानदेवी मन्दिर

    धरान । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको मन्दिर संरक्षणको अभावमा जीर्ण भएको छ ।

    तत्कालीन पाँचकन्या गाउँ विकास समितिको क्षेत्राधिकारमा रहेको यो मन्दिर सङ्घीयता कार्यान्वयनसँगै धरान उपमहानगरमा गाभिए पनि यसको संरक्षणमा कसैले चासो देखाएका छैनन् ।

    मन्दिरका पुजारी विदुर भण्डारीका अनुसार प्राचीन विजयपुर राज्यको निशानका रूपमा मन्दिर स्थापना भएको हो ।

    मन्दिर व्यवस्थापन समितिले संरक्षणमा सहयोग गर्ने समाजसेवीको खोजी गरिरहेको छ ।

    धरानका व्यवसायी अशोक अग्रवालले निशानदेवी मन्दिरको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    कोशी प्रदेशको धरान मन्दिरहरुको सहरका रूपमा पनि परिचित छ ।

    धरान उपमहानगपालिका क्षेत्रभित्र बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, विष्णुपादुका, पञ्चकन्या मन्दिर, विश्वकर्मा मन्दिर, शनि मन्दिर छन् । यहाँ शिव मन्दिर, राम मन्दिर, कृष्ण मन्दिर, ‘इस्कोन’ मन्दिर, वैष्णव मन्दिर, बालाजी मन्दिर, बालगोपाल मन्दिर पनि छन् ।

    धरान बजारभन्दा अलि टाढा रहेको निशानदेवी मन्दिर भने संरक्षणको अभावमा जीर्ण बनेको छ । निशानदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम बुढाथोकीले आर्थिक अभावमा मन्दिरको संरक्षण कठिन भएको बताउँदै स्थानीय निकाय र भक्तजनमा सहायताका निम्ति आग्रह गरेको छ ।

    मन्दिरको अविलम्ब जीर्णोद्धार गर्नुपर्ने भएकाले सामाजिक सङ्घसंस्थालाई उनले भौतिक एवं आर्थिक सहयोग गर्न आह्वान गरेको छ ।

    -----


    प्रकाशित : शुक्रबार, बैशाख ७ २०८१११:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार