२०८३, कार्तिक १५ गते आइतबार

बालबालिकालाई भिटामिन र जुकाको औषधि

बालबालिकालाई भिटामिन र जुकाको औषधि


  • मेरोभ्यूज
  • बैशाख ६, २०८१ बिहीबार

  • बालबालिकालाई भिटामिन र जुकाको औषधि

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।

    विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले करिब ३२ लाखलाई भिटामिन ए र करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिए ।

    “हरेक वडामा स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने छन्”, प्रमुख थापाले भने, “अभिभावकले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ ।”

    कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र दस हजार स्वास्थ्यकर्मी खटिएका थापाले जानकारी गराए ।

    सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ ।

    भिटामिन र जुकाको औषधिले स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    ----


    प्रकाशित : बिहीबार , बैशाख ६ २०८११०:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार