२०८३, कार्तिक १५ गते आइतबार

बोगटीको अभाव महसुश भइरहन्छ : प्रधानमन्त्री दाहाल

बोगटीको अभाव महसुश भइरहन्छ : प्रधानमन्त्री दाहाल


  • मेरोभ्यूज
  • चैत्र २६, २०८० सोमबार

  • बोगटीको अभाव महसुश भइरहन्छ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महसुश हुने गरेको बताएको छ।

    पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारणसभा तथा स्मृति दिवसमा बोल्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष दाहाल उक्त्त कुरा बताएको हो ।

    कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ । उहाँ एक जना सहयोगी भावना रहेका तथा आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो।’’

    अध्यक्षा प्रचण्डले भने, ‘‘अप्ठ्यारो परेको बेला उनले समन्वय गर्नुहुन्थ्यो। पार्टीमा उनको अभाव खड्किरहन्छ।’’

    -----


    प्रकाशित : सोमबार, चैत्र २६ २०८०१०:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार