२०८३, कार्तिक १५ गते आइतबार

स्थानीय सरकारका सेवा प्रवाहमा असर : प्रधानमन्त्री दाहाल

स्थानीय सरकारका सेवा प्रवाहमा असर : प्रधानमन्त्री दाहाल


  • मेरोभ्यूज
  • चैत्र २६, २०८० सोमबार

  • स्थानीय सरकारका सेवा प्रवाहमा असर : प्रधानमन्त्री दाहाल

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका सेवा प्रवाहमा कुनै असर नपर्ने बताएका छन् ।

    गोरखा जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री दाहालले स्थानीय सरकारका प्रमुखलाई ढुक्क भएर जनताका काम गर्न निर्देशन दिएका छन् ।

    जिल्लामा रहेका सङ्घीय र प्रादेशिक कार्यालयहरूले आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले आयोजनामा देखिने दोहोरोपन अवस्था हटाउनुपर्नेमा जोड दियो ।

    प्रधानमन्त्री दाहालले भने, “केन्द्र र प्रदेश आयोजना छनोट गर्दा स्थानीय सरकारको सिफारिस लिने र सोको अभिलेख स्थानीय सरकारसँग रहनेगरी समन्वय गर्नुहोला ।”

    स्थानीय सरकारले कानुनबमोजिम अधिकार प्रयोग गर्दा करलगायत जनतासँग प्रत्यक्ष सम्बन्ध रहने विषयहरूमा सबै पालिकाले सकेसम्म समान धारणा बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्थानीय निकायबीच पनि आवश्यक समन्वय हुनुपर्ने बताए ।

    कार्यालयमा भेटेर आफ्ना गुनासो सुनाउने जनताको अधिकार भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्भव भएसम्म कार्यालय प्रमुखले जनताका गुनासा सुन्नुपर्छ, जनताका लागि कार्यालय प्रमुखले सधैँ ढोका खुला राख्नुपर्छ भने ।

    शान्ति सुरक्षाका कामलाई थप प्रभावकारी तुल्याउनु पर्नेमा जोड दिँदै उनले सुरक्षा संवदेशनशीलताका आधारमा सम्भावित परिस्थतिको आंकलन गरी काम गर्न निर्देशन दिए ।

    -----


    प्रकाशित : सोमबार, चैत्र २६ २०८०१०:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार