२०८३, कार्तिक १५ गते आइतबार

पर्यटकको रोजाइमा पाल्हीनन्दनको नन्दनगर

पर्यटकको रोजाइमा पाल्हीनन्दनको नन्दनगर


  • मेरोभ्यूज
  • फाल्गुण १५, २०८० मंगलबार

  • पर्यटकको रोजाइमा पाल्हीनन्दनको नन्दनगर

    नवलपरासी । पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

    पाल्हीनन्दन–६ मा अवस्थित प्राचीन नन्दनगर अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

    परासी सदरमुकामबाट करिब सात किलोमिटर दक्षिण पाल्हीनन्दनको सनइ गाउँ नजिकै ऐतिहासिक नन्दनगर अवस्थित छ ।

    “सनइ भन्ने गाउँको पश्चिमतर्फ ऐतिहासिक नन्दनगर छ । प्राचीन नन्दनगरसँग प्राचीन कोलिय गणराज्यको इतिहास जोडिएको जानकारहरु बताउँछन्”, पाल्हीनन्दन–६ का वडाध्यक्ष क्रिसचन्द्र यादवको भनाइ छ ।

    यस क्षेत्रको संस्कृति संरक्षण र पुनःउत्थान गर्न रामग्राम–१८ मा रहेको पण्डितपुरबाट नन्दनगरसम्म आनन्द जात्रा निकाल्ने योजना रहेको उनले बताए । जात्रापछि संस्कृतिकारुपमा नन्दनगर विकसित हुँदै जाने वडाध्यक्ष यादवको विश्वास छ ।

    बौद्धकालीन इतिहाससँग जोडिएका संस्कृतिक सम्पदाको संरक्षण गर्न जात्रा निकालिने उनले जानकारी दिए ।

    ऐतिहासिक नन्दनगरको प्राकृतिक मनोरम दृश्वालोकन, सडक सञ्जाल विस्तार, आवास तथा भोजनका लागि होमस्टे (घरबास) सञ्चालन भइरहेकाले आन्तरिक पर्यटकको रोजाइमा नन्दनगर पर्न थालेको वडा सदस्य सुनिता सहानीले बताए ।

    यहाँ पर्यटकको आगमन बढे्सँगै स्थानीयको आय पनि क्रमशः वृद्धि भएको उनले बताए ।

    ---


    प्रकाशित : मंगलबार, फाल्गुण १५ २०८००४:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार