२०८३, कार्तिक १५ गते आइतबार

गठबन्धनका उम्मेदवारलाई भूपू सैनिकको साथ

गठबन्धनका उम्मेदवारलाई भूपू सैनिकको साथ


  • मेरोभ्यूज
  • कार्तिक २७, २०७९ आइतबार

  • गठबन्धनका उम्मेदवारलाई भूपू सैनिकको साथ

    घोराही । घोराही क्षेत्रमा रहेका सेवानिवृत्त भारतीय सैनिकहरूले दाङ क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवारहरूलाई समर्थन गर्ने घाेषणा गरेका छन्। उनीहरूले गठबन्धनका उम्मेदवारहरूलाई औपचारिक कार्यक्रम गरेर स्वागत गर्दै समर्थन गरेका हुन्। 

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले मंसिर ४ गते पछि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले संविधान रक्षा र मुलुकको आर्थिक समृद्धिका गठबन्धन निर्माण भएकाले जनताले साथ दिने विश्वास व्यक्त गरे ।

     ‘यो निर्वाचन क्षेत्रमा रेखा शर्मासहित गठबन्धनका उम्मेदवारहरू विजयको नजिक हुनुहुन्छ,’ महराले भने, ‘दाङको विकासको नेतृत्व पनि गठबन्धनले नै गर्ने छ।’ उनले प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ ओटा निर्वाचन क्षेत्रमा अहिले गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवारभन्दा निकै अघि भएको बताए ।

    दाङ क्षेत्र नं २ का उम्मेदवार रेखा शर्माले यो निर्वाचनमा मतदाताले संविधान रक्षा र लोकतन्त्रको पक्षधर शक्तिलाई विजयी गराउने धारणा व्यक्त गरिन् । दाङ २ (१) का  उम्मेदवार राजु खनालले निर्वाचनमा गठबन्धनको जित निश्चित भएको बताए । 


    प्रकाशित : आइतबार, कार्तिक २७ २०७९०८:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार