२०८३, कार्तिक १५ गते आइतबार

प्रचण्ड पुगे हिमालपारिका गाउँमा, उपल्लो गोरखाको विकासमा पहल गर्ने सङ्कल्प

प्रचण्ड पुगे हिमालपारिका गाउँमा, उपल्लो गोरखाको विकासमा पहल गर्ने सङ्कल्प


  • मेरोभ्यूज
  • कार्तिक २७, २०७९ आइतबार

  • प्रचण्ड पुगे हिमालपारिका गाउँमा, उपल्लो गोरखाको विकासमा पहल गर्ने सङ्कल्प

    गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ आज हिमालपारि उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोलाका मतदातासँग भेटघाट गरेका छन् । 

    गोरखाको क्षेत्र नं १ मा उक्त गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गोरखाका अतिविकट क्षेत्रको विकासका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    Prachanda_Gorkha3.jpg

    गोरखाको विकास र समृद्धिका लागि नै आफूले यसपटकको निर्वाचनमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधान विरोधी शक्तिलाई यही निर्वाचनबाट सबक सिकाउनुपर्नेमा जोड दिए । 

    उनले अहिले संविधान पक्षधर र विरोधीको लडार्इं रहेको चर्चा गर्दै सत्ता गठबन्धनले संविधानको रक्षा, समृद्धि र अग्रमगनको नेतृत्व गरेको तर एमाले र केपी ओलीले प्राप्त उपलब्धिलाई समाप्त पार्ने र देशलाई अँध्यारो सुरुङतर्फ लिन खोजेको बताए ।

    Prachanda_Gorkha1.jpgराजनीतिक परिवर्तनका लागि जनयुद्धको तयारी गोरखाबाटै गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नं २ मा आएको छु ।’

    निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै उनले यहाँको सडक विस्तार, भएका सडकलाई कालोपत्रे, विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने उनको भनाइ छ । 

    Prachanda_Gorkha1.jpg


    प्रकाशित : आइतबार, कार्तिक २७ २०७९०७:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार