२०८३, कार्तिक १५ गते आइतबार

नेपालद्वारा पपुवा न्यूगिनी पराजित

नेपालद्वारा पपुवा न्यूगिनी पराजित


  • मेरोभ्यूज
  • चैत्र ८, २०७८ मंगलबार

  • नेपालद्वारा पपुवा न्यूगिनी पराजित

    काठमाडाैं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–दुईअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई सात विकेटले पराजित गरेको हो ।

    खेलमा १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा आरिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिए । उनले १०२ बल खेल्दै चार चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले ५० रनको योगदान दिए भने रोहितकुमार पौडेलले ४४ रन जोडे । बलिङतर्फ पपुवा न्यूगिनीका चाल्र्स अमिनीले दुई र काबुआ मोरेले एक विकेट हात पारे ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन जोडेको थियो । उसका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे भने लेगा सियाकाले २० तथा सेसे वाउले १९ रन जोडे ।

    बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई/दुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा पपुवा न्यूगिनीलाई दुई विकेटले हराएको थियो । यस्तै युएई विरुद्धको पहिलो र तेस्रो खेलमा नेपाल क्रमशः ४८ रन र ९९ रनले पराजित भएको थियो । 


    प्रकाशित : मंगलबार, चैत्र ८ २०७८१०:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार