काठमाडौं । दक्षिणकाली नगरपालिका-६ स्थित फर्पिङ क्षेत्र सामुदायिक दाहसंस्कार मलामी गुठीको तेस्रो वार्षिक साधारण सभा फर्पिङ पार्टी प्यालेसमा सम्पन्न भयो ।
कार्यक्रममा फर्पिङ क्षेत्रका २० सामुदायिक दाहसंस्कार मलामी गुठी समूहका गुठियारहरूले संस्थाको सञ्चालक समितिको नेतृत्व चयनको बारेमा छलफल गरी निर्णय गरेका थिए ।
साथै, सामुदायिक एकता, सामाजिक सेवा र परम्पराको संरक्षणलाई प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको थियो ।
-----

