२०८३, कार्तिक १५ गते आइतबार

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु


  • मेरोभ्यूज
  • बैशाख २९, २०८३ मंगलबार

  • मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

     

    झापा । मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ ।

    पूर्वीनाका काँकरभिट्टास्थित मेची पुलमा सोमबार साँझ दीप प्रज्ज्वलन गरी सुरु भएको उद्धार यात्रा जेठ २२ गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुने जनाइएको छ । आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शुभारम्भ समारोहलाई संक्षिप्त सम्बोधन गरेका थिए ।

    मानव सेवा आश्रमले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र सामाजिक पुनर्मिलनका लागि योगदान पुर्याउँदै आएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।

    आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्माले मानवताको सेवा नै जीवनको सर्वोत्तम धर्म भएको धारणा राख्दै उद्धार अभियानमा सहयोग पुर्याउन सबै देशवासीलाई आह्वान गरेकी छन् । आश्रम र फाउन्डेसनको सहकार्यमा तेस्रोपटक यो अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिइन् । उनकै नेतृत्वमा २६ जना स्वयंसेवकले मेची महाकाली यात्रामा सडक मानवहरूको उद्धार गरी जिल्लास्थित आश्रमहरूमा राखिने छ ।

    सातै प्रदेशका १९ जिल्लामा मानव सेवा आश्रमको २३ वटा शाखा सञ्चालनमा छन् । आश्रमले मुलुकको ७७ वटै जिल्लाबाट आफन्तको साथ गुमाएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार एवं तिनको मानवोचित व्यवस्थापन गराउँदै आइरहेको छ ।

    -----


    प्रकाशित : मंगलबार, बैशाख २९ २०८३१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार