२०८३, कार्तिक १५ गते आइतबार

नव युवा सहकारीद्वारा ज्वेलरी बक्स बनाउने तालिम प्रदान

नव युवा सहकारीद्वारा ज्वेलरी बक्स बनाउने तालिम प्रदान


  • मेरोभ्यूज
  • बैशाख २९, २०८३ मंगलबार

  • Nawayuba Training  a .jpg

    ललितपुर । नव युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पाटन ढोका, ललितपुरको संयोजन तथा ललितपुर महानगरपालिकाको साझेदारीमा ज्वेलरी बक्स बनाउने तालिम सम्पन्न भएको छ ।

    गत वैशाख २१ देखि २७ सम्म दिइएको तालिममा प्रशिक्षार्थीहरूले अभिरुचिपूर्वक सहभागी भएर सो तालिम लिएका थिए ।

    तालिममा सुनचाँदीबाट बनिएका गरगहनाहरूलाई सजी सजावट कसरी गर्ने भन्ने विषयतर्फ ध्यान दिइ आकर्षक ढङ्गले ग्राहकहरूको घर बजारसम्म पुर्याउनको लागि तालिम दिइएको आयोजक संस्था नव युवा सहकारीले जनाएको छ ।

    कार्यक्रममा लहना हस्तकलाका प्रशिक्षकहरू रमिता महर्जन र रञ्जन महर्जनले ११ जना महिला प्रशिक्षार्थीहरूलाई तालिम दिएका थिए ।

    तालिम समापन कार्यक्रममा ललितपुर महानगरपालिका लघु घरेलु तथा साना उद्योग शाखाका प्रमुख चन्द्रलाल डङ्गोलले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै महानगरको साझेदारीमा सहकारीहरूसँग तालिम कार्यक्रम सञ्चालन गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए ।

    यसैगरी नव युवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानी बाबु महर्जनले तालिम प्राप्त गरेका प्रशिक्षार्थी अर्थात् संस्थाका सदस्यहरूलाई निरन्तर निरीक्षण गर्ने तथा आवश्यक सहयोगसमेत प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए भने संस्थाको उपसमिति संयोजक अन्जु महर्जनले तालिमको उद्देश्यबारे प्रकाश पारेका थिए ।

    यसै बीच कार्यक्रम भव्य र सभ्य रूपले सम्पन्न भएको समेत सहकारीका कार्यकारी अधिकृत शान्त बज्राचार्यले जानकारी दिए । साथै अन्य विविध गतिविधिको साथमा तालिम कार्यक्रम सम्पन्न भएको थियो ।

    Nawayuba Training  b .jpg


    प्रकाशित : मंगलबार, बैशाख २९ २०८३०९:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार