२०८३, कार्तिक १५ गते आइतबार

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो


  • मेरोभ्यूज
  • बैशाख १३, २०८३ आइतबार

  • रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

     

    ललितपुर । ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर लगनखेल पुर्याइएको छ ।

    जात्राको पहिलो दिन गाःबहाल पुर्याइएको रथलाई त्यसपछि मङ्गलबजार, सुनधारा र चाःबहाल हुँदै आइतबार लगनखेल पुर्याइएको हो ।

    वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथलाई ३२ हात अग्लो रथमा वैशाख ५ गते पूजाअर्चनासहित विराजमान गराइएपछि वैशाख ८ गते रथ तानेर जात्रा औपचारिक रूपमा सुरु गरिएको थियो ।

    गुठी संस्थानका प्रवक्ता जनक पोख्रेलका अनुसार रथ निर्माणदेखि जात्रा सम्पन्न नहुन्जेलसम्म गुठी संस्थानको महत्वपूर्ण भूमिका रहने गर्दछ । साथै रथ तान्ने र अन्य व्यवस्थापन कार्यमा पनि संस्थान सक्रिय रूपमा लागेको छ ।

    उनका अनुसार रथ लगनखेल पुर्याएपछि महाबलि पूजा गरिने र साइत हेराएर रथको टुप्पोबाट नरिवल खसाल्ने प्रचलन छ । नरिवल खसालिएको भोलिपल्ट महिलाहरूले मात्र रथ तान्ने परम्परा छ ।

    त्यसपछि रथलाई इटीटोलबाट पश्चिमतर्फ कुमारीपाटी हुँदै जावलाखेलस्थित ललितमण्डप पुर्याइन्छ, जहाँ भोटो देखाउने कार्यक्रम गरिन्छ ।

    राष्ट्रप्रमुखबाट भोटो देखाएपछि यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा सम्पन्न हुन्छ ।

    -----


    प्रकाशित : आइतबार, बैशाख १३ २०८३११:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार