२०८३, कार्तिक १५ गते आइतबार

आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती शुरु

आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती शुरु


  • मेरोभ्यूज
  • बैशाख ७, २०८३ सोमबार

  • आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती शुरु

     

    स्याङ्जा । यहाँको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती शुरु गरेको छ ।

    हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजाखेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।

    यहाँको हावापानी, माटो तर्बुजाखेतीका लागि उपयुक्त हुने देखिएकाले व्यावसायिकरुपमा अगाडि बढाउन पहिलो चरणमा बीउ, बेर्ना, उपकरण तथा प्राविधिक सहयोग गरिएको उनले बताए ।

    “सम्भवतः जिल्लामै पहिलो पटक तर्बुजाखेती शुरु गरिएको छ” उनले भने, “पहिलो चरणमा यहाँका किसानले परिक्षणका रुपमा लगाएका छन् । यो राम्रो हुनासाथ ठूलो परिमाणमा व्यावसायिक उत्पादनमा जोड दिन्छौँ ।”

    यहाँ उत्पादित तर्बुजा किसान आफैँले बिक्री गर्नसक्ने र यदि नसकेमा नगरपालिकाले जिम्मा लिने उनले बताए ।

    भीरकोट नगरपालिका–१ को आँधीखोला नदी किनारको भीरकोट खेलमैदान परिसर, वडा नं. ४, वडा नं. ५ को पकान, वडा नं. ६ को एकुवार फाँटको २० रोपनी क्षेत्रफलमा पहिलो पटक तर्बुजाखेती शुरु गरिएको हो । यस पटक १८ किसानले तर्बुजा रोपेका छन् ।

    यहाँ रोपिएको तर्बुजा आगामी जेठ मसान्तसम्ममा उत्पादन लिन सकिने परियोजनाका कृषि प्राविधिक अनिश अर्यालले जानकारी दिए ।

    जिल्लामै पहिलो, नयाँ र नमूनाखेती भएकाले यहाँका किसान यस खेती प्रविधि बुझेर व्यावसायिक उत्पादनमा लाग्न सक्ने उनले बताए ।

    लक्ष्मी र सरस्वती दुई जातका तर्बुजा नमूना परियोजनाका रुपमा रोपिएका छन् ।

    नगरपालिकाले तर्बुजाका साथै सिम्ला मिर्च, अकबरे खुर्सानीसहित बेमौसमी तरकारी उत्पादनमा जोड दिएको छ ।


    प्रकाशित : सोमबार, बैशाख ७ २०८३१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार