२०८३, कार्तिक १५ गते आइतबार

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण


  • मेरोभ्यूज
  • बैशाख ७, २०८३ सोमबार

  • मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

     

    ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ । ‘एक घर एक फलफूल बगैँचा विकास’ कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरिएको हो ।

    गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र राईका अनुसार इलाम जिल्लाबाट खरिद गरी हे–वार्ड जातका किबीका बिरुवा वितरण गरिएको हो ।

    किबीखेती गर्न इच्छुक गाउँपालिका भित्रका किसानबाट आवेदन माग गरी प्राप्त आवेदनका आधारमा बिरुवा खरिद गरेर वितरण गरिएको छ ।

    उनका अनुसार किसानलाई आवश्यकता र उपलब्धताका आधारमा ३० देखि एक सयवटासम्म बिरुवा उपलब्ध गराइएको छ ।

    किबीखेतीका लागि ३३ किसानले आवेदन दिएका थिए र आवेदन दिने सबै किसानलाई बिरुवा वितरण गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ‘एक घर एक फलफूल बगैँचा’ विकास गर्ने उद्देश्यले बिरुवा वितरण गरिएको हो । उनले किवीका बिरुवा प्राप्त गर्ने किसानलाई अन्य प्रजातिका बिरुवा नदिइने पनि स्पष्ट पारे ।

    वितरण गरिएका बिरुवाको नियमित अनुगमन गर्नुका साथै आवश्यक प्राविधिक सहयोगसमेत गाउँपालिकाले उपलब्ध गराउने उनले बताए ।

    त्यसैगरी किसानले लगेको बिरुवाको उचित स्याहार सुसार नगरेमा वा समयमै नरोपेमा गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधा रोक्का गर्न सकिने पनि उनले बताए ।

    किसानले उत्पादन गरेको फलफूलको बजारीकरणका लागि समेत गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने अध्यक्ष वनेमले जानकारी दिए ।

    यस कार्यक्रमले स्थानीयस्तरमा व्यावसायिक किबीखेती विस्तार गर्नुका साथै किसानको आयआर्जन वृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


    प्रकाशित : सोमबार, बैशाख ७ २०८३०९:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार