२०८३, कार्तिक १५ गते आइतबार

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग


  • मेरोभ्यूज
  • बैशाख ३, २०८३ बिहीबार

  • चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

     

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ ।

    चिमखोलामा निर्माण भएको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी तुँदी पावरले तीनवटा विद्यालय र वडा कार्यालयलाई छ थान स्मार्ट बोर्ड सहयोग गरेको हो ।

    जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत बिनियोजन भएको रु. दस लाख ८० हजार बजेटबाट स्मार्ट बोर्ड उपलब्ध गराइएको रघुगङ्गा गाउँपालिका–७ का वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले जानकारी दिए ।

    उनका अनुसार अमर माध्यमिक विद्यालय चिमखोलालाई तीन, वडा कार्यालय, सिद्ध र चिमखोला आधारभूत विद्यालयमा एक/एक थान ६५ इञ्चको स्मार्ट बोर्ड सहयोग प्राप्त भएको हो ।

    विद्यालयमा प्रविधिमैत्री पठन-पाठन र वडा कार्यालयमा हुने तालिम, बैठकमा प्रस्तुतिका लागि प्रोजेक्टरको विकल्पमा स्मार्ट बोर्ड प्रयोग गरिने वडाध्यक्ष पाइजाले जानकारी दिए ।

    विद्यालयको कक्षा कोठाको भित्तामा ‘स्मार्ट टिभी’ र ‘बोर्ड’ राखिएको छ । इन्टरनेटमा सन्दर्भ सामग्री खोजेर पढाउन थालिएको अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक खबहादुर थापाले बताए ।

    विद्यार्थीमा सिकाइ उपलब्धी बढाउन र शिक्षकहरुलाई सिर्जनशिल तथा प्रविधिमैत्री बनाउन यस्तो अभ्यास गरिएको हो ।

    सूचना प्रविधिको प्रयोग गरेर पठन-पाठन गराउन विद्यार्थीले अध्ययनमा रुची देखाउने र सिकाइ उपलब्धी वृद्धि हुने अपेक्षा गरिएको छ ।


    प्रकाशित : बिहीबार , बैशाख ३ २०८३०८:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार