२०८३, कार्तिक १५ गते आइतबार

बेनी–जोमसोम–कोरला सडकमा छ वटा पक्की पुल निर्माण 

बेनी–जोमसोम–कोरला सडकमा छ वटा पक्की पुल निर्माण 


  • मेरोभ्यूज
  • फाल्गुण १३, २०८० आइतबार

  • बेनी–जोमसोम–कोरला सडकमा छ वटा पक्की पुल निर्माण 

    म्याग्दी । गण्डकी प्रदेशको मेरुदण्ड मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा थप छ वटा पक्की पुल निर्माण भएको छ । 

    म्याग्दीको रघुगङ्गा गाउँपालिकामा १, मुस्ताङको थासाङ गाउँपालिकामा १ र लोमान्थाङ गाउँपालिकामा ४ वटा मोटरेबल पुल सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका इञ्जिनियर विष्णु चापागाईले ती पुल सवारी साधन आवतजावतका लागि प्रयोग हुन थालेका जानकारी दिए । 

    बेनी–जोमसोम कोरला आयोजनाले पाँच वटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको थियो । रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बिओकेआई÷हिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको थियो । 

    थासाङ गाउँपालिकाको छाक्ताङखोलामा ८० मिटर, लोमान्थाङ गाउँपालिकाको लोमान्थाङखोलामा २० मिटर, किम्लिङ खोलामा ५० मिटर, नाम्डोकखोलामा ५० मिटर र भर्मा खोलामा ८० मिटर लामो पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको छ । 

    थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सात वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सीमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दुूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विस २०७३÷०७४ देखि शुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । 

    छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन वटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 


    प्रकाशित : आइतबार, फाल्गुण १३ २०८००९:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार