२०८३, कार्तिक १५ गते आइतबार

प्रहरी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको गृह मन्त्रालयको प्रष्टोक्ति

प्रहरी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको गृह मन्त्रालयको प्रष्टोक्ति


  • मेरोभ्यूज
  • फाल्गुण ४, २०८० शुक्रबार

  • प्रहरी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको गृह मन्त्रालयको प्रष्टोक्ति

    काठमाडौं । गृह मन्त्रालयले संविधानको प्रावधानअनुसार प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै पाँच सदस्यीय प्रहरी कर्मचराी समायोजन समितिले काम थालनी गरिसकेको जानकारी दिए । 

    प्रहरी समायोजन सम्पन्न गर्न प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सहसंयोजक तथा प्रहरी नायब महानिरीक्षक, मन्त्रालयका उपसचिव र प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य रहेको पाँच सदस्यीय समिति क्रियाशील रहेको मन्त्रालयले जनाएको छ ।  

    प्रवक्ता भट्टराईले संविधान र प्रहरी समायोजन ऐन, २०७६ बमोजिम प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

    WhatsApp Image 2024-02-16 at 20.16.02.jpeg


    प्रकाशित : शुक्रबार, फाल्गुण ४ २०८००८:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार