२०८३, कार्तिक १५ गते आइतबार

निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्छ : प्रधानमन्त्री दाहाल

निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्छ : प्रधानमन्त्री दाहाल


  • मेरोभ्यूज
  • माघ १५, २०८० सोमबार

  • निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्छ : प्रधानमन्त्री दाहाल

    सिमरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन भर्मणपश्चात स्थानीय व्यवसायीसँग सोमबार अन्तर्क्रिया गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने स्पष्ट गरे ।

    “निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,” प्रधानमन्त्री प्रचण्डले भने, “रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्त्व दिएर निजी–सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।” ‘सेज’ले उत्पादन र निर्यात प्रवद्र्धनमा सहयोग पुर्‍याइ देशलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।


    प्रकाशित : सोमबार, माघ १५ २०८०११:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार