२०८३, कार्तिक १५ गते आइतबार

प्रधानमन्त्रीले भने- स्थानीय सरकारको प्रतिष्ठा बढाउन लाग्नुहोस्

प्रधानमन्त्रीले भने- स्थानीय सरकारको प्रतिष्ठा बढाउन लाग्नुहोस्


  • मेरोभ्यूज
  • माघ १५, २०८० सोमबार

  • प्रधानमन्त्रीले भने- स्थानीय सरकारको प्रतिष्ठा बढाउन लाग्नुहोस्

    वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारको प्रतिष्ठा बढाउनेगरी काम गर्नुपर्ने बताएका छन् । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको गुनासो आउने गरेको भन्दै त्यस्तो गर्न नहुने बताए ।

    प्रधानमन्त्री दाहालले भने, “सरकारले बठाएको कर्मचारीलाई हाजिर गर्न नदिएर आफूले रूचाएका कनिष्ठ ल्याउने र मनपरीरूपमा निमित्त राख्ने प्रवृत्ति बढेको गुनासो छ । स्थानीय सरकारमा आफूले भनेको मान्ने, आफ्ना नाजायज काममा समर्थन गर्ने कार्यकारी होइन, स्थानीय सरकारको प्रतिष्ठा बढाउने कर्मचारी खोज्नुस् ।”

    स्थानीय सरकार जनताको पहिलो सरकार भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनतासँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्नुपर्ने बताए । उनले भने, “तपाईंहरूले जस्तो नीति तथा कार्यक्रम बनाउनुहुन्छ, जस्तो व्यवहार गर्नुहुन्छ वा सेवा प्रवाह हुन्छ, सोहीअनुसार राज्यप्रति जनताको धारणा भन्ने हो ।”

    जनतामा प्रवाह हुने नकारात्मक भाष्यलाई चिर्न स्थानीय सरकारले मेहेनत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले स्थानीय सरकारको काम प्रभावकारी हुँदा आमजनताले सङ्घीय सरकारको आलोचना गर्ने र त्यसबाट सिङ्गो व्यवस्थाप्रति नै नकारात्मक सन्देश जानेतर्फ सजग गराउनुभयो । उनले भने, “जनतालाई सरलरूपमा बढीभन्दा बढी राम्रो सेवा दिने कुरालाई प्राथमिकता दिनुस् ।”

    मधेशका स्थानीय तहमा भ्रष्टाचार र बेरूजु बढी भएको, उपभोक्ता समितिमा आफ्ना नातेदार र आफ्नो पार्टीका मान्छे मात्रै राख्ने गरेको सुनिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “राज्यको प्रचलित नीति र कानुनअनुसार प्रक्रिया पुर्‍याएर योग्यलाई नदिई आफ्नालाई दिएको गुनासो आउनुभएन ।”


    प्रकाशित : सोमबार, माघ १५ २०८००४:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार