२०८३, कार्तिक १५ गते आइतबार

‘लाखौंले मिटरब्याजपीडित किसानले न्याय पाउँदैछन्’

‘लाखौंले मिटरब्याजपीडित किसानले न्याय पाउँदैछन्’


  • मेरोभ्यूज
  • माघ १५, २०८० सोमबार

  • ‘लाखौंले मिटरब्याजपीडित किसानले  न्याय पाउँदैछन्’

    वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडित लाखौँ किसानले इतिहासमा पहिलोपटक न्याय पाएको बताएका छन् । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले कानुन निर्माण गरेर मिटरब्याजलाई जघन्य अपराधकारुपमा परिभाषित गरेको स्पष्ट पारे ।

    मिटरब्याजपीडितका विषयमा सरकारले उच्चस्तरीय आयोग बनाएर काम गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले भने, “हजारौँ किसानले न्याय पाएका छन्, लाखौँले पाउँदैछन् । यो कुरा आमजनतालाई राम्रोसँग बुझाउनुस् ।” कतिपय सन्दर्भमा राजनीतिक दलका स्थानीय नेता र स्थानीय जनप्रतिनिधि नै मिटरब्याजको पक्षमा लागेको भन्ने जनगुनासो आइरहेको उल्लेख गर्दै उनले भने, “तपाईंहरूले पीडकको पक्षमा होइन, पीडितमैत्री आचरण, व्यवहार र पक्षधरताका साथ न्यायको प्रत्याभूति गराउनुस् ।”

    सरकारले लाखौं नागरिकता बिहीन नेपाली युवालाई नागरिकता दिने व्यवस्था गरेको स्मरण गराउँदै प्रधानमन्त्री दाहालले भने, “सबैभन्दा धेरै मधेशका युवाहरू छन् । यो निकै ठूलो काम हो । सङ्घीय सरकारले गरेको यो ऐतिहासिक काम जनतासम्म पुर्‍याएर राज्यप्रति नागरिकको विश्वास र सम्बन्ध अभिवृद्धि गर्नुस् ।”


    प्रकाशित : सोमबार, माघ १५ २०८००४:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार