२०८३, कार्तिक १५ गते आइतबार

‘जनताको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सशस्त्र प्रहरी सक्षम’

‘जनताको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सशस्त्र प्रहरी सक्षम’


  • मेरोभ्यूज
  • माघ ९, २०८० मंगलबार

  • ‘जनताको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सशस्त्र प्रहरी सक्षम’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको जीउधनको सुरक्षा गर्दै सामाजिक सद्भाव कायम गर्न सशस्त्र प्रहरी बल सक्षम रहेको बताएका छन् । सशस्त्र प्रहरी बलकाे २३ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले सशस्त्र प्रहरी सामाजिक सद्भाव कायम गर्न सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी समन्वयात्मक तवरले परिचालित हुनुपर्ने बताए ।

    संवैधानिक सर्वोच्चता र कानुनी शासनको मान्यतालाई आत्मसात र मानव अधिकारको संरक्षण गर्दै मानवीय कानुनको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शून्य सहनशीलताका नीति प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए । उनले सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारको कार्यान्वयनमा आफ्नो क्षेत्रबाट इमानदार र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । 

    असीमित आवश्यकता र सीमित साधनस्रोतको विरोधाभासपूर्ण परिस्थितिमा नेपालजस्ता विकासशील मुलुकहरूले समस्या झेलिरहेको उल्लेख गर्दै उनले पछिल्लोसमय महाभूकम्प, कोभिड महामारी, विश्व राजनीतिमा देखिएको ध्रुवीकरण र त्यसको प्रत्यक्ष प्रभावजस्ता कारण अर्थतन्त्रले निकै ठूलो चुनौतीको सामना गरिएको बताए । 

    सशस्त्र बलको व्यवस्थापकीय पक्षलाई केन्द्रमा राखेर सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले भने, “निरन्तरको प्रयासबाट अर्थतन्त्रमा राम्रो सुधार आएको छ, यद्यपि हाम्रो दवाव पूर्णतः अन्त्य भइसकेको छैन । आधुनिक हातहतियार, गोलीगठ्ठा, असभावका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारीसाधन, भौतिक पूर्वाधारलगायत आवश्यक सञ्चार तथा अन्य उपकरणहरू र जनशक्तिका लागि सरकारको तर्फबाट आवश्यक पहल भई नै रहेको छ ।”

    विश्वव्यापीकरण तथा सूचना प्रविधिमा आएको बहुआयमिक विकासले अवसरका अनगिन्ती ढोकाहरू खोलिदिएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसको व्यवस्थित र वैज्ञानिक प्रयोगबाट समृद्धिको महत्त्वपूर्ण आधारशीला प्राप्त भएको बताए ।

    सूचना प्रविधिको विकाससँगै नयाँ/नयाँ अपराध र सुरक्षा चुनौतीसमेत थपिदिएको यथार्थ प्रस्तुतत गर्दै उनले सशस्त्र प्रहरी बल  बदलिएको परिस्थितिअनुसार प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रणका निम्तिसमेत उत्तिकै दक्ष र चनाखो रहनुपर्ने बताए ।

    प्रधानमन्त्री दाहालले विसं २०७२ सालको भूकम्प तथा पछिल्लोसमय बझाङ, जाजरकोट र रुकुम पश्चिममा गएको  भूकम्पलगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपद्मा कर्तव्यनिष्ठ भएर जनताको जीवन रक्षामा गरेको भन्दै सशस्त्र बलले  पुर्‍याएको योगदानको प्रशंसा गरे ।


    प्रकाशित : मंगलबार, माघ ९ २०८०१०:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार