२०८३, कार्तिक १५ गते आइतबार

‘समतामूलक समृद्ध विश्व स्थापनामा ‘नाम’ले निर्णाायक भूमिका खेल्नुपर्छ’

‘समतामूलक समृद्ध विश्व स्थापनामा ‘नाम’ले निर्णाायक भूमिका खेल्नुपर्छ’


  • मेरोभ्यूज
  • माघ ५, २०८० शुक्रबार

  • ‘समतामूलक समृद्ध विश्व स्थापनामा ‘नाम’ले निर्णाायक भूमिका खेल्नुपर्छ’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम) ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसङ्घ पछिको सबैभन्दा प्रतिनिधि संस्थाको रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

    ‘नाम’का निरन्तरको मूल्यमान्यता र सिद्धान्त हाम्रा लागि पवित्र रहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसको पालनाले शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्ग निर्देश गरिरहेको स्पष्ट पारे । “‘नाम’ आफैंमा सहयोगलाई प्रगाढ बनाउने थलो हो । सहयोगको माध्यमबाट विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्छ”, उनले भने ।

    समृद्धि थोरैका लागि सुअवसर हुन नसक्ने तथा सामूहिक प्रयासको फल प्रत्येक देश र सबैलाई उपलब्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सबै देशले समृद्धिलाई सकेसम्म समानरूपमा बाँडफाँट गर्न सक्ने वातावरण बनाइनु पर्ने बताए ।

     “नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभइ सम्पूणर् विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक सम्वाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो”, प्रधानमन्त्री दाहालले भने ।


    प्रकाशित : शुक्रबार, माघ ५ २०८०१०:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार