२०८३, कार्तिक १५ गते आइतबार

निगमको वार्षिकोत्सवका अवसरमा एक सय ५१ जनाद्वारा रक्तदान

निगमको वार्षिकोत्सवका अवसरमा एक सय ५१ जनाद्वारा रक्तदान


  • मेरोभ्यूज
  • पौष २४, २०८० मंगलबार

  • निगमको वार्षिकोत्सवका अवसरमा एक सय ५१ जनाद्वारा रक्तदान

    काठमाडौं । नेपाल आयल निगमको ५४ औँ वार्षिकोत्सवको अवसर पारेर आज रक्तदान गरिएको छ । निगमको केन्द्रीय कार्यालय टेकुमा आयोजित कार्यक्रममा निगमका कर्मचारी, पूर्वकर्मचारी तथा कर्मचारी परिवारका एक सय ५१ जनाले रक्तदान गरेका थिए । 

    निगमले एक दशकदेखि प्रत्येक वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ । अघिल्लो वार्षिकोत्सवमा कुल एक सय ३१ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रास सोसाइटी रक्त सञ्चार सेवा, ताहाचलको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको निगमले जनाएको छ । 

    सो अवसरमा एक सय ७६औँ पटक रक्तदान गरेका प्रेमसागर कर्माचार्यले वार्षिक रूपमा कम्तीमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्न सुझाव दिए । निगमका रक्तदान कार्यक्रम उपसमितिका संयोजक विकास बखतीले रक्तदाता, नेपाल रेडक्रास सोसाइटी, रक्त सञ्चार विभागलगायत सम्पूर्ण सहयोगीमा धन्यवाद ज्ञापन गरे । 

    नेपालमा पेट्रोलियम पदार्थ कारोबारको एकाधिकार पाएको निगमले वार्षिकोत्सवका अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । निगमले यही पुस २६ गते स्थापनाको  ५४ औं वार्षिकोत्सव मनाउँदै छ । 


    प्रकाशित : मंगलबार, पौष २४ २०८००८:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार