२०८३, कार्तिक १५ गते आइतबार

कर्णालीका मुख्यमन्त्री शर्मा भन्छन्-वित्तीय, प्रशासनिक र कानुनी संघीयता लागू भएन

कर्णालीका मुख्यमन्त्री शर्मा भन्छन्-वित्तीय, प्रशासनिक र कानुनी संघीयता लागू भएन


  • मेरोभ्यूज
  • मंसिर १४, २०८० बिहीबार

  • कर्णालीका मुख्यमन्त्री शर्मा भन्छन्-वित्तीय, प्रशासनिक र कानुनी संघीयता लागू भएन

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई क्षतिपूर्ति सहितको अधिकार चाहिएको बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको वित्तीय संघीयता कार्यान्वयन विषयक कार्यक्रममा उनले भने, - कर्णाली प्रदेश पछि परेको होइन, पछि पारिएकाले विशेष अधिकार पाउनुपर्छ ।

    उनले ठूलो र विकट भूगोल भएको कर्णालीमा जनसंख्याको आधारमा वजेट विनियोजन  हुनु राम्रो नभएकाे उल्लेख गर्दै कर्णालीमा क्षतिपूर्ति सहितको संघ सरकारले विशषेष कार्यक्रम ल्याएर विकास गर्नुपर्ने बताए । 

    मुख्यमन्त्री शर्माले संघीयतालाई कार्यान्वयन गर्न संघ सरकार केन्द्रीकृत मानसिकतावाट मुक्त भएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउन लाग्नु पर्ने बताए । उनले भने, - राजनीतिक संघीयता कार्यान्वयन भैरहेका भए पनि वित्तीय, प्रशासनिक र कानुनी संघीयता कार्यान्वयन गर्न संघको रुचि देखिएको छैन । बरु अझै केन्द्रीतकृत मानसिकता देखिएको छ ।

    कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले वित्तीय हस्तारण संवैधानिक हक भए पनि कार्यान्वयन नहुनु दु:खकाे विषय भएको बताए । उनले भने, -स्थानीय तहले जनतालाई सेवा दिने, प्रदेशले विकास निर्माण गर्ने र संघले नीति नियम बनाउने हो । तर यहाँ स-साना कुरा पनि संघले गर्न खोजिरहेको छ ।


    प्रकाशित : बिहीबार , मंसिर १४ २०८००९:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार