२०८३, कार्तिक १५ गते आइतबार

एनसेलबाट बाहिरिने आजियाटा समूहको निर्णय

एनसेलबाट बाहिरिने आजियाटा समूहको निर्णय


  • मेरोभ्यूज
  • मंसिर १३, २०८० बुधबार

  • एनसेलबाट बाहिरिने आजियाटा समूहको निर्णय

    काठमाडौं । मलेसियाको आजियाटा समूहले एनसेलबाट बाहिरिने निर्णय गरेको छ ।  एक्जियटाको संचालक समितिको बैठकले एनसेल बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।

    नेपालमा बढ्दो चुनौतीबीच संचालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताईएको छ। एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

    ७ वर्ष अगाडी एक्जियटाले टेलियासोनेराबाट एनसेलको स्वामित्व किनेको थियो। त्यसपछि पुंजीगत लाभकर विवाद हुँदा कम्पनीले अर्वौ कर समेत नेपाल सरकारलाई तिरेको थियो । एनसेलमा मलेसियाको एक्जियटाको  ८० प्रतिशत सेयर स्वामित्व छ। उसले पुरै स्वामित्व बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।   

    आजियाटा समूहले नेपालको एनसेलका कारणले गर्दा नोक्सानी थपिँदै गएको भन्दै एनसेलमा रहेको शेयर बिक्री गर्ने निर्णय बोर्डले गरेको छ। एनसेलको शेयर बेच्ने निर्णयले आजियाटा थप मजबुत हुने बोर्डले निष्कर्ष निकालेको छ।


    प्रकाशित : बुधबार, मंसिर १३ २०८००९:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार