गाेरखा । भीमसेन थापा गाउँपालिका–६ अश्राङका आगलागी पीडित परिवारलाई गाउँपालिका र रेडक्रसको राहात सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले पीडित राजेश थापा मगरको घरमा पुगेर गाउँपालिकाको तर्फबाट लत्ता कपडा र खाद्यान्न उपलब्ध गराए ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी बोर्लाङ उपशाखाले पीडित परिवारका लागि खाना पकाउने समाग्री, ओड्ने ओछ्याउने कपडा, टेन्टलगायत समाग्री उपलब्ध गराएको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
विद्युत सट भएर आगलागी हुँदा थापा मगरको ढुङ्गामाटोले बनेको तीनकोठे घर जलेर पूर्ण रुपमा क्षति भएको थियो । आगलागीबाट पीडित थापामगरको घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाकुँडालगायत सबै जलेर नष्ट भएको थियो । आगलागीबाट रू १२ लाख बराबरकाे क्षति भएको प्रारम्भिक अनुमान गरिएकाे छ । पीडित परिवारलाई नेकपा (माओवादी केन्द्र)ले पनि रू २७ हजार ५०० सहयाेग गरेकाे छ।

