२०८३, कार्तिक १५ गते आइतबार

हमासकाे आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीकाे मृत्यु (विवरणसहित)

हमासकाे आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीकाे मृत्यु (विवरणसहित)


  • मेरोभ्यूज
  • आश्विन २१, २०८० आइतबार

  • हमासकाे आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीकाे मृत्यु (विवरणसहित)

    काठमाडाैं । इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको छ । आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको टिपोट परराष्ट्र मन्त्रालयले तयार पारेको छ । तर औपचारिक जानकारी बाहिर भने परराष्ट्र मन्त्रालयले ल्याएको छैन ।

    इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए । आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

    यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । एक जना सम्पर्कवीहिन छन् ।

    Israel Death Nepali List.jpg


    प्रकाशित : आइतबार, आश्विन २१ २०८००८:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार