२०८३, कार्तिक १५ गते आइतबार

दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बिओपी स्थापना

दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बिओपी स्थापना


  • मेरोभ्यूज
  • भाद्र २४, २०८० आइतबार

  • दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बिओपी स्थापना
    दार्चुला । सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ दार्चुलाको ब्यास गाउँपालिका वाड नं १ स्थित छयाँलेक तिङ्करमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।
     
    बिओपीको सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले गत शुक्रबार उद्घाटन गरे । दार्चुला सदरमुकामबाट करिब ११२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो । 
     
    सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङ्गरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करिब ११ किलोमिटरको दूरीमा रहेको छ । यसअघि सशस्त्र प्रहरीले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङगोलासहित आठ स्थानमा बिओपी स्थापना गरिसकेको छ ।
     
    तिङ्करमा स्थापना भएको बिओपीसहित चीनतर्फ नौ र भारततर्फ २४३ गरी बिओपीको सङ्ख्या २५२ वटा पुगेको छ । तिङ्करमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बिओपी स्थापनाको लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति यही भदौ १३ गते त्यसतर्फ पु¥याइएको थियो । 
     
    सो बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ । नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुक भारतको नाभिडाङ र चीनको ताक्लाकोट बजार नजिकै पर्दछ । 
     
    कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी नं ४३ रिजर्व गण कैलाली तथा नं ४४ गण दार्चुलाका गणपति, नं ५० गुल्म छाङ्गरुका गुल्मपति, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुखलगायत सञ्चारकर्मी र स्थानीय वासिन्दाको उपस्थिति थियो । 

     


    प्रकाशित : आइतबार, भाद्र २४ २०८००९:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार