२०८३, कार्तिक १५ गते आइतबार

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त


  • मेरोभ्यूज
  • चैत्र २८, २०७९ मंगलबार

  • प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य नियुक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

    विसं २०५० सालदेखि पत्रकारितामा क्रियाशील आचार्य नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष तथा न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष थिए । उनी तत्कालीन जनादेश साप्ताहिकको सम्पादक, जनदिशा राष्ट्रिय दैनिकको प्रधानसम्पादक थिए । क्रान्तिकारी पत्रकारको नेतृत्व गर्दै आएका आचार्य प्रेस सेन्टर नेपालको संस्थापक सदस्य हुन् ।

     माण्डवी गाउँपलिका प्यूठानमा जन्मेका आचार्य क्रान्तिकारी पत्रकार सङ्घको पूर्वसंयोजक थिए । उनले कानूनमा स्नातक गरेका छन् । रासस


    प्रकाशित : मंगलबार, चैत्र २८ २०७९०८:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार