२०८३, कार्तिक १५ गते आइतबार

माओवादीको सचेतकमा रुपा सोशी चौधरी चयन

माओवादीको सचेतकमा रुपा सोशी चौधरी चयन


  • मेरोभ्यूज
  • चैत्र २८, २०७९ मंगलबार

  • माओवादीको सचेतकमा रुपा सोशी चौधरी चयन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छिन् । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए । 

    चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् । उनी कैलालीबाट प्रतिनिधित्व गर्छिन् । माओवादीले यसअघि प्रमुख सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ । 

    बैठकले संसद्मा सशक्त ढङ्गबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले बताए । 

    सरकारले सदनमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटका सन्दर्भमा सक्रियतापूर्वक लाग्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पु¥याउन दलहरुसँग भएका छलफलका बारेमा ‘ब्रिफिङ’ गराएका थिए । 


    प्रकाशित : मंगलबार, चैत्र २८ २०७९०८:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार