काठमाडाैं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । आज बिहान राष्ट्रपति कार्यालय शीलत निवासमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ गराउनेछन् । नेपालको संविधानको धारा ७१ मा उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था छ ।
यादव यही चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए ।

