२०८३, कार्तिक १५ गते आइतबार

कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनकाे माग, तलब एक लाख बढी

कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनकाे माग, तलब एक लाख बढी


  • मेरोभ्यूज
  • माघ १५, २०७९ आइतबार

  • कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनकाे माग, तलब एक लाख बढी

    काठमाडौँ । कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनहरुलाई रोजगारको अवसर खुलेको छ । कुवेत सरकारको स्वास्थ्य मन्त्रालय मातहतमा चल्ने त्यहाँका सरकारी अस्पतालहरुमा योग्य नेपाली कामदारको माग गरेको हो ।

    कुवेतको सिटी ग्रुप कम्पनीमार्फत टेण्डर प्राप्त गरी नेपाल स्थित बसुन्धारामा रहेको ओमेगा इन्टरनेशनल  प्रालि बीच नेपाली कामदार पठाउन सम्झौता भएको छ ।

    कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा फार्मेसी सहायक, रेडियोग्राफी र ल्याब टेक्निसियन गरेका नेपालीहरुलाई रोजगारको लागि माग गरेको ओमेगा इन्टरनेशनले जनाएकाेछ । नेपालमा ठूलो रकम खर्च गरेर अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई यो अवसर आउनु निकै खुसीको विषय बनेको कम्पनीकाे दाबी छ ।

    कुवेतबाट करिब एक हजार ७०८ जना कामदारको माग भएको छ । दैनिक आठ घण्टा काम र हाप्तको एक दिन छुट्टि हुने उक्त सेवामा प्रत्येक डिप्लोमा गर्ने कामदारहरुलाई रू एक लाख सात हजारभन्दा माथि पारिश्रमिक हुने व्यवस्था रहेको कम्पनीले जनाएकाे छ । बिएस्सी गरेकालाई रू एक लाख ३० हजारभन्दा बढी पारिश्रमिक पाउने व्यवस्था रहेको बताइएकाे छ । 

    उक्त कामका लागि डिप्लोमा र बिएस्सी उत्रिर्ण  गरेका विद्यार्थी, युवाहरुले नेपालमा न्युनतम २ वर्ष काम गरेको अनुभव चाहिने र आवश्यक कागजात उपलब्ध गराउनुपर्ने छ । सो काममा जान इच्छुक योग्यता पुगेका नेपालीले फेब्रुवारी अन्तिममा हुने परीक्षामा सहभागी भई पास गनुृपर्ने कम्पनी व्यवस्थापकले जनाएको छ । 


    प्रकाशित : आइतबार, माघ १५ २०७९०७:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार