२०८३, कार्तिक १५ गते आइतबार

मलेसियामा नेपालीलाई रोजगारीका अवसरबारे छलफल

मलेसियामा नेपालीलाई रोजगारीका अवसरबारे छलफल


  • मेरोभ्यूज
  • माघ १५, २०७९ आइतबार

  • मलेसियामा नेपालीलाई रोजगारीका अवसरबारे छलफल

    काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले त्यहाँ नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जनाका लागि उच्चस्तरीय भेटवार्ता गरेका छन् । 

    राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा सङ्ख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे छलफल गरेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । 

    उनीहरुबीच नेपाली श्रमिक शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि छलफल भएको थियो । 

    गृहमन्त्री इस्माइलसँग निकट भविष्यमा उनको नेतृत्वमा हुने उच्चस्तरीय नेपाल भ्रमणबारे कुराकानी भएको दूतावासले जनाएको छ । भ्रमणका दौरान मलेसियाका गृहमन्त्री इस्माइलले ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे नेपाली अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ ।


    प्रकाशित : आइतबार, माघ १५ २०७९०७:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार