२०८३, कार्तिक १५ गते आइतबार

विश्वासकाे मत दिन माधव नेपालसँग प्रचण्डकाे प्रस्ताव

विश्वासकाे मत दिन माधव नेपालसँग प्रचण्डकाे प्रस्ताव


  • मेरोभ्यूज
  • पौष २०, २०७९ बुधबार

  • विश्वासकाे मत दिन माधव नेपालसँग प्रचण्डकाे प्रस्ताव

    काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग विश्वासकाे मत दिन आग्रह गरेका छन् । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा आज भएको सो भेटवार्तामा प्रचण्डले विश्वासकाे मत दिन र सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । 

    प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन्। उनी विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।


    प्रकाशित : बुधबार, पौष २० २०७९०९:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार