२०८३, कार्तिक १५ गते आइतबार

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट


  • मेरोभ्यूज
  • पौष १७, २०७९ आइतबार

  • माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

    सुदूरपश्चिम । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । दुईदेखि जारी माओवादी संसदीय दलको बैठकले उनलाई सर्वसम्मत संसदीय दलको नेतामा चयनमा गरेको हो ।

    दलको नेता छनोट गर्न शनिबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो । आज पुनः बसेको बैठकले भट्टलाई चयन गरेको माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरीले बताए ।

    ११ प्रदेशसभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताको लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मानबहादुर धामी आकांक्षी रहेका थिए । अक्कल रावल र मानबहादुर धामीले प्रदेश इन्चार्ज समेत रहेका भट्टलाई समर्थन गरेका थिए । तर भाटले भने शनिबारसम्म दलको नेतामा आफ्नो अडान कायमै राखेपछि सहमति जुट्न सकेको थिए ।

    सहमति जुट्न नसकेपछि आज पुनः बैठक बोलाइएको थियो । अन्तिमसम्म आफ्नो अडान कायम राखेका भाटले पार्टीलाई एक ढिक्का बनाउन र प्रतिश्पर्धात्मक संस्कृतिको विकास गर्न आफ्नो अडान कायम राखेको र पछि अडानबाट पछि हटेको बताइएको एक नेताले रातोपाटीले जनाए ।

    बाँकी पदाधिकारीको चयन दलको नेताले अर्को बैठकबाट चयन गर्ने बताइएको छ ।डडेल्धुरा प्रदेश सभा (१) बाट निर्वाचित भट्ट माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् ।


    प्रकाशित : आइतबार, पौष १७ २०७९१२:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार